काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताएका छन् । एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले दुई नेताले छोडेर जाएको अभिभारा पूरा गर्नुपर्ने बताए ।
“मुलुक बनाउन बोकेका सपना पूरा गर्न नभ्याउँदै उहाहरुको हत्या भयो,” अध्यक्ष ओलीले भने, “त्यो सपना आज उनहरुका उत्ताराधिकारी तपाई हामीले पूरा गर्नुपर्नेछ ।” उनले मदन भण्डारीका सपना पूरा गर्न चुनौती रहेको तर षड्यन्त्रलाई परास्त गरी उनको सपनालाई साकार पार्नुपर्ने बताए । अध्यक्ष ओलीले पार्टी एकताबद्ध र सङ्गठन सृदृढ भएर अघि बढ्यो भने मात्र उनीहरुले छोडेर जाएको अभिभारा पूरा गर्न सकिने धारणा राखे ।
अध्यक्ष ओलीले मदन भण्डारीले अघि सारेको जनताको वहुदलीय जनवाद ९जबज०का उद्देश्य साकार पार्न नयाँ ढङ्गले सङ्कल्प गर्ने धारणा राखे । उनले मुलुकको परिस्थिति जटिल रहेकाले अहिलेको राजनीतिलाई हल्काफुल्का नलिन आग्रह गरे । एमालेले देश, जनता, परिवर्तन, सुशासनका लागि एकता गर्ने उनको भनाइ थियो । मदन नगर बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीलगायतका शीर्ष नेताहरुले नेता भण्डारीको शालिकमा माल्यापर्ण गरे ।
प्रतिक्रिया दिनुहोस्