Ads

शरणार्थी प्रकरण : नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ


काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् ।

भुटानी शरणार्थी प्रकरणमा समितिको गाडी प्रयोग भएको खुलासा भएको थियो । शरणार्थीको नाममा ठग्ने गिरोहलाई गृह मन्त्रालयको गाडी अध्यक्ष मियाले उपलब्ध गराएका थिए । गृह मन्त्रालयको स्वामित्वमा भएको बि.ए.बी-१४०५ नम्बरको निशान पेट्रोल जिप प्रहरीले बरामद गरेको छ ।

पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू सो गाडीमा जाने गरेका थिए । चितवनको सौराहा र काठमाडौँका सुन्धारा लगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरूले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट थाहा भएको छ ।

इम्बोस्ड नम्बर बिएबी-१४०५ नम्बरको सो जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा छ । सो प्रकरणमा संलग्न आरोपमा रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई, पूर्व गृहमन्त्री बालकृष्ण खाँडसहित १५ जना प्रहरीको हिरासतमा छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू