काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले देशको मुख्य समस्या भ्रष्टाचार भएको बताएका छन् । मानव बेचबिखनसम्मको अपराध राजनीतिक पहुँचका आधारमा भएको र यसमा दोषी जो कोही भए कारवाही गरिनु पर्ने उनले बताए ।
जनकपुर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए । नीति तथा कार्यक्रममा सरकारले सुशासनको पक्षमा अघि सारेका नीतिलाई
आफूले सकारात्मकरुपमा लिएको अध्यक्ष नेपालको भनाइ छ । उनले रेशम चौधरीलाई रिहाई गर्न गठबन्धन दलमा आवद्ध रहेका सबै दल सकारात्मक रहेको तर सर्वोच्चको आदेशले रिहाइमा समस्या सृजना गरेको बताए ।
अध्यक्ष नेपालले मधेस प्रदेशमा जसपाको नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिने सहमति भएको र मन्त्रिपरिषद् विस्तारमा सबै दललाई सम्मानजनक रुपमा स्थान दिएर छिट्टै सरकार विस्तार हुने अध्यक्ष नेपालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्