काठमाडौं । बैशाख ३० गतेदेखि अनसनरत नेपाली कांग्रेसका सांसद संजय गौतमले आफ्नो संघर्षको कार्यक्रम स्थगन गरेका छन् । ‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित विभिन्न १५ बुँदे माग राखेर बर्दियाको बारबर्दिया र गुलरिया जोड्ने भत्किएको जब्दीघाट पुलमुनि अनसन बसिरिहेका गौतमले आजदेखि स्थगित गरेका हुन् ।
भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग आफ्नो मागहरुको सम्बोधन गर्ने सहमति भएपछि उनले अनसन तोडेका छन् । सांसद गौतम र मन्त्री ज्वालाबीच अनसनरत स्थलमा वार्ता भएर ११ बुँदे सहमति भएर आज ९शनिबार० दिउँसो साढे ३ बजेदेखि अनसन स्थगन भएको हो ।
यस्तो छ सहमतिपत्र

प्रतिक्रिया दिनुहोस्