Ads

सुदूरपश्चिम प्रदेश सरकार विस्तार तथा कार्यविभाजन


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गरे । प्रदेश प्रमुख जोशीले गत माघ २६ गते गठित प्रदेश मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ बमोजिम मन्त्रीको नियुक्ति र कार्यविभाजन गरेका थिए ।

नवगठित मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह, सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा रमेशसिंह धामीले जिम्मेवारी पाएका छन् । भौतिक पूर्वाधारमन्त्री देउवा र आर्थिक मामिलामन्त्री शाही यसअघि नै मन्त्री बनेका हुन् ।

यस्तै उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा गीतादेवी मालले जिम्मेवारी पाउनुभएको छ । मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्रीको जिम्मा भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालय रहेको छ । प्रदेश प्रमुखको कार्यालय धनगढीमा आजै आयोजित विषेश समारोहमा प्रदेश प्रमुख जोशीसमक्ष नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनीयताका शपथ लिएका छन् ।

सोही समारोहमा मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष राज्यमन्त्री मालले पद तथा गोपनीयताको शपथ लिनुभयो । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्  ।

Ads

सम्बन्धित पोष्टहरू