काठमाडौं । नेकपा एमालेका सांसद दयालबहादुर शाहीको अभिव्यक्तिप्रति सांसदहले विरोध जनाएपछि संसदमा लफडा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवसर छोप्ने नेतृत्व गरेको भन्ने शाहीले अभिव्यक्ति दिएपछि संसदमा लफडा भएको हो ।
सांसद शाहीले कांग्रेसका नेताहरु पनि प्रचण्डको पछाडि पुच्छार भएको बताएका थिए । उनले भने, ‘सत्ताको लागि कांग्रेस यति तल गिर्यो । जुन पार्टीका गुरुहरु कृष्णप्रसादले विवाह गर्नुभएन ।
अर्काकी छोरी ल्याएर दुःख पाउँछन् भनेर विवाह गर्नुभएन । विपीको जीवन जेलमै गयो । तर, सातवटा मन्त्रीका लागि कांग्रेसका नेताहरुले गहतको झोलमा हाम फाल्नुभयो ।’
प्रचण्डपथ हटाएर अहिले कम्फर्टेबल सिद्धान्तको साथ अघि बढेको आरोप लगाए। सीमा वारको जनताभन्दा दशगजा पारिका प्रभु प्रमेश्वरप्रति कम्फटेबल बनेको अभिव्यक्ति दिए ।
उनको अभिव्यक्तिप्रति कांग्रेसकी सांसद इश्वरी न्यौपानेले संसदमा बोल्दै गर्दा मर्यादित भाषामा बोल्नुपर्ने बताइन् । उनले भनिन्, ‘संसदमा बोल्ने कुरा सभामुखमार्फत् भन्नुपर्छ तर व्यक्ति व्यक्तिपिच्छे भनिराख्नुभएको छ ।’
उनको भनाइपछि सांसद शाहीले आफूले आदार गर्ने व्यक्तिको नाम लिएको भन्दै अपमान नगरेको प्रष्ट्याए । तर, सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाइसकेपछि त्यस्ता अभिव्यक्ति रेकडबाट हटाउँन उपसभापति इन्दिराराणा मगरले निर्देशन दिइन् ।
प्रतिक्रिया दिनुहोस्