Ads

राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै


काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएकाे छ। राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभाकक्षमा बस्ने बैठकमा नेपाल-भारत शान्ति तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय, नेपाल-भारत जलस्रोत सम्बन्ध आदि विषयमा छलफल हुनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी जेठ १७ गते छिमेकी देश भारत भ्रमणमा जाँदैछन्। भ्रमणमा लामो समयदेखि उठ्दै आएका यी विषय पनि समेट्न विज्ञहरूले सुझाव दिइरहेका बेला समितिको बैठक बस्न लागेको हो ।

Ads

सम्बन्धित पोष्टहरू