Ads

आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिका प्रश्नकाे जवाफ दिने


काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ।  संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनकाे १३ औँ बैठक बस्न लागेको हो। बैठक ११ बजे बस्नेछ। आजको बैठकमा गत जेठ ५ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ दिने कार्यक्रम रहेको छ।

‘प्रधानमन्त्री दाहालले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आब २०८०/ ८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रममाथlको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सो अघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ-आफनो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिएपछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।

Ads

सम्बन्धित पोष्टहरू