Ads

दुई सांसदलाई फिर्ता बोलाउने जनमत पार्टीको तयारी


काठमाडौं । जनमत पार्टीले पार्टीको निर्णय पालना नगरेको भन्दै दुई सांसदलाई फिर्ता बोलाउने तयारी गरेको छ । काठमाडौंको तपोवनमा सकिएको केन्द्रीय समिति बैठकले समानुपातिक तर्फका सांसदहरु सोनु मर्मुर र विनिता सिंहलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

एक नेताका अनुसार, केन्द्रीय समिति बैठकमा मुर्मुर र सिंहलाई फिर्ता बोलाउने निर्णय सर्वसहमतले पारित भएको छ । ‘उहाँहरुले पार्टीको निर्देशन अनुसार काम गरेको देखिएन, त्यसैले राइट टु रिकलको निर्णय गर्नुपरेको हो’, ती नेताले भने।

मुर्मुरले पार्टीको निर्णय बिपरीत आफ्नै श्रीमानलाई स्वकीय सचिव राखेकाले फिर्ता बोलाउने निष्कर्षमा बैठक पुगेको ती नेताले बताए । अर्का सांसद सिंहको भने संसदीय भूमिका प्रभावकारी नभएको निष्कर्ष बैठकले निकालेको छ । ‘उहाँहरुले जनताको गुनासो नसुनेको पनि कुरा आयो’, ती नेता भन्छन् ।

जनमतले यी सांसदहरुलाई फिर्ता बोलाउनेगरी संसदीय दलले प्रक्रिया अगाडि बढाउने भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू