Ads

जनमत पार्टीका दुई सांसदलाई निष्काशन गर्न केन्द्रीय समितिको सिफारिस


काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई निष्कासन गर्ने सिफारिस गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै सांसद पदबाट निष्काशन गर्न सिफारिस गरेको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए ।

उनले भने, ‘उहाँहरू पार्टीको चेन अफ कमाण्डमा नबसेको र संसदमा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण कारबाहीको लागि सिफारिस गरिएको हो। अनुशासन विभागमा यो विषय राखिएको छ।’ पार्टी अध्यक्ष डा सिके राउतको नेतृत्वमा रहेको अनुशासन विभागले सो विषयमा निर्णय गर्ने पनि उनले जानकारी दिए।

Ads

सम्बन्धित पोष्टहरू