Ads

गण्डकीको प्रिबजेट छलफल : कमिसन वैधानिक बनाऔँ


पोखरा । गण्डकी प्रदेश सभामा शुक्रबारदेखि ‘प्रिबजेट’माथिको छलफल सुरु भएको छ। शुक्रबारकाे बैठकमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रदेश सभामा ‘विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता’ पेस गरेका छन् । यससँगै सरकारले ल्याउने बजेट निर्माणको प्रक्रियाको पनि थालनी भएको छ। सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले दिने राय सुझाव समेटेर बजेटले पूर्णता पाउने छ।

आउने बजेटलाई नै केन्द्रित गरेर शुक्रबार पोखरा रिसर्च सेन्टरले विभागीय मन्त्री जीतप्रकाश आलेको उपस्थितिमा प्रदेश सभा सदस्य, पूर्व सांसद, पूर्वमन्त्री, आर्थिक क्षेत्रका जानकार, विषयविज्ञ तथा व्यवसायीसँग प्रिबजेट राउन्ड टेबुल छलफल गरेको छ। छलफलकै क्रममा उनीहरूले कमिसनलाई वैधानिकता बनाइनुपर्ने सम्मका सुझावहरु दिएका छन् ।

आयाेजना निर्माणमा कमिसनकै कुरा पहिले आउने भएकाले यसलाई प्रतिशतमा लिन पाउने व्यवस्था गर्नसके कर तिर्नेलाई पनि सहज हुने पोखरा विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक डा. अर्जुनकुमार थापाले बताए।

Ads

सम्बन्धित पोष्टहरू