काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्न नहुने बताएका छन् । शनिबार संवाद डवलीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शरणार्थी प्रकरण नेपालको लज्जास्पद घटना भएको भन्दै यसलाई पूर्णरुपमा टुङ्गोमा पुर्याउनुपर्ने बताएका हुन् ।
यसको अनुसन्धानलाई कमजोर पार्ने चर्चा चलेको भन्दै उनले अनुसन्धानलाई निष्कर्षमा पुर्याउन नसके जनताले नै आन्दोलन गर्ने अवस्था सिर्जना हुने धारणा राखे ।
खनालले उक्त प्रकरणमा संलग्न कुनै पनि अपराधी छुट्न नहुने र कोही निर्दोष फस्न नहुने बताए । त्यस्तै उनले अहिले राजतन्त्र फर्काउने भन्दै केही शक्ति सल्वलाउन थालेको भन्दै राजतन्त्र फर्काउने दिवासपना नदेख्न चेतावनी दिए । त्यस्तै खनालले विभिन्न आन्दोलनमार्फत मुलुकमा भएका परिवर्तनलाई कसैले उल्ट्याउन नसक्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्