Ads

कोशी प्रदेशविरुद्ध पहिचानवादीको आन्दोलन चर्कियो, २३ जना पक्राउ


काठमाडौं । विराटनगरमा पहिचानवादीको आन्दोलन चर्किएको छ । कोशी प्रदेश नामाकरणमा असन्तुष्ट रही कोशी प्रदेश सभाको बैठक अवरुद्ध गर्न सक्रिय २३ जनालई प्रहरीले विराटनगरका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

प्रदेशसभाको बजे अधिवेशन सुरु हुने भएपछि त्यसअघिदेखि नै कोशी प्रदेश सभाको बैठकमा सहभागी हुन जाने प्रदेश सभा सदस्यहरूलाई अवरोध पुर्‍याएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ रहेको छ । उनीहरू प्रदेशसभा घेराउ गर्ने उद्देश्यले जम्मा भएका थिए ।

कोशीप्रदेश नामकरणको विरोधमा उत्रिएका विभिन्न पहिचान वादी पार्टी र सङ्घ संस्थाले प्रदेश सभा घेराउको कार्यक्रम राखेका छन् । उनीहरूले शनिवार बाटै विराटनगरमा प्रदर्शन गर्दै आएका छन् । विराटनगरमा हुने प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट नेता पहिचान वादी सङ्घ संस्थाका नेता तथा कार्यकर्ताहरू विराटनगर केन्द्रित भएका छन् ।

प्रदेश नम्बर १ पुन नामकरण सङ्घर्ष समितिको आयोजनामा हुने भनिएको प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा अवस्था कडा बनाइएको छ । शनिवार बाटै प्रदेश सभा सचिवालय आसपासका क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू