Ads

भारतीय संसद्‌को भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु राखेपछि डा. भट्टराईको आपत्ति


काठमाडाैँ । नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’ भित्तेचित्तले कूटनीतिक विवाद सिर्जना गरेको बताएका छन्। नेपालका भूभाग कपिलवस्तु, लुम्बिनीलाई त्यस भित्तेचित्रमा भारतले आफ्नै भूभाग जसरी दर्शाउँदा द्विपक्षीय सम्बन्धमा दरार ल्याउने बताएका हुन्।

तथा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्विटमा भनेका छन्, ‘यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्छ। विश्वासको संकटलाई अझ बढाउने सम्भावना छ, भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको अभिप्राय र सन्देशलाई बेलैमा बताउनु उपयुक्त हुन्छ।’ भारतले केही दिनअघि मात्रै उक्त संसद् भवन उद्घाटन गरेको हो।

Ads

सम्बन्धित पोष्टहरू