Ads

सांसदलाई बालेनको प्रश्न : ‘वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ ?


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सांसदहरुको लेवल वडाध्यक्षको जस्तो भएको बताएका छन् । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सांसद विकास कोष ब्युँताएकोप्रति कटाक्ष गर्दै मेयर साहले यस्तो बताएका हुन् ।

मेयर साहले ‘वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ ?’ भनेर प्रश्नसमेत सोधेका छन् । सामाजिक सञ्जालको माध्यमबाट मेयर बालेन्द्रले यस्तो प्रश्न गरेका हुन् ।

“सांसद विकास कोष पाउनुभए’सी बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनुभयो,” साहले लेखेका छन्, “वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू ?”

Ads

सम्बन्धित पोष्टहरू