Ads

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज यी तीनजनासँग बयान लिईंदै


काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा मोटो रकम असुलेको आरोपमा पक्राउ परेका तीनजनासँग आज काठमाडौं जिल्ला अदालतले बयान लिइरहेको छ । पक्राउ परेका १७ जनामध्ये आज अदालतले तीनजनाको बयान लिइरहेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिइरहेकाहरुमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसी रहेका छन् । यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिइएको थियो । मंगलबार अदालतमा शर्मा, राई र केसीको बयान लिने क्रम सुरु भएको छ ।

यी तीन जनामध्ये राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो । तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उनलाई आज बयानका लागि लगिएको हो ।नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा आरोपितहरुको बयान लिन थालिएको हो  ३० जना प्रतिवादी रहेको यो प्रकरणमा १७ जना पक्राउ परेका छन् भने १३ जना फरार छन् ।

Ads

सम्बन्धित पोष्टहरू