Ads

नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम राष्ट्रघाती : रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदम राष्ट्रघाती भएको बताएका छन् । बुधबार राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेपछि सामाजिक सञ्जाल मार्फत आफ्नो प्रतिक्रिया दिएका सभापति लामिछानेले यो कदम राष्ट्रहितविरुद्ध हुने बताएका हुन् ।

नयाँ जनादेशबाट संसद् बनिसक्दा विधेयक संसद्मा छलफल आवश्यक भएको लामिछानेको भनाइ रहेको छ । संसद्मा छलफल नभई विधयक प्रमाणीकरण हुँदा शीतल निवासको गरिमामा गिरावट आएको लामिछानेले बताएका छन् ।

उनले भनेका छन्– “नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसद्मा छलफल नगराई, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रित संसदीय मूल्य मान्यता र राष्ट्रहितविरुद्ध छ ।”

Ads

सम्बन्धित पोष्टहरू