काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेपछि अभिनेत्रीसमेत रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेत्री मनिषा कोइरालाले आक्रोश पोखेकी छिन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणकै दिन उक्त विधेयक प्रमाणीकरण भएपछि राष्ट्रपति पौडेललाई नयाँ लेण्डुप दोर्जेको संज्ञा दिएर आक्रोश पोखेकी हुन् । अभिनेत्री मनिषाले एक अनलाइनले लेखेको आलोचनात्मक समाचारमा आफ्नो प्रतिक्रिया दिएकी छिन् ।
गएको मंसिर ४ गतेको आम निर्वाचनका समयमा काठमाडौं क्षेत्र नं. १ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रविन्द्र मिश्रको पक्षमा खुलेर लागेकी उनले पौडेललाई यो कुर्सी दिइएको थियो भन्ने सोच्न कठिन छैन भनेकी छिन् । उनले लेखेकी छिन् – ‘उनलाई यो कुर्सी दिइएको थियो भन्ने सोच्न कठिन छैन । लेन्डुप दोर्जेको याद आयो ।’
प्रतिक्रिया दिनुहोस्