Ads

भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति दिएको छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भारतबाट रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रचण्डले भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति दिएको बताए ।

उनले नेपाल र भारतबीच पञ्चेश्वर परियोजनाको डीपीआर बन्ने सहमति भएको पनि बताए । तीन महिनाभित्र डीपीआर बन्ने र एक वर्षमा अगाडिका काम बढ्ने सहमति भएको प्रचण्डले जानकारी दिए ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको उनको भनाइ छ ।

 

Ads

सम्बन्धित पोष्टहरू