Ads

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता


काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमका विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति पौडेलको कदमका विरुद्ध आज वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले रिट दर्ता गरेका हुन् ।

राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गर्दै प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अंग नबनाउन निवेदकहरुले माग गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू