Ads

भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीको तीन वटा कार्यक्रम


मुम्बई । चार दिने भारत भ्रमणको अन्तिम दिन प्रधानमन्त्री पुष्पकमल दाहाल आज तीन वटा कार्यक्रममा सहभागी हुने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज मध्याह्न १२ बजेसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

शुक्रबार नयाँ दिल्लीबाट महाराष्ट्र पुगेका प्रधानमन्त्रीले शनिबार बिहान सूचना प्रविधिसम्बन्धी कार्यालयको अवलोकन भ्रमण गर्दैछन् । महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरेपछि सूचना प्रविधिसम्बन्धी विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण र त्यसपछि स्पेशल इकोनोमजी जोनमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

इन्फोसिस बेलायती प्रधानमन्त्री ऋषि सुनकका ससुरा एन एन नारायण मूर्तिको अफिस हो। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अपराह्न ४ बजे नेपाल एअरलाइन्सको  विमानमार्फत स्वदेश फर्कने छ।

Ads

सम्बन्धित पोष्टहरू