Ads

प्रतिनिधिसभाको बैठक आज, बजेटमाथि छलफल हुने


काठमाडौं । आजदेखि संसद्‌मा सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको छ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य

छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत छ। सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि साढे १७ खर्बकाे बजेट प्रस्तुत गरेकाे थियाे ।

Ads

सम्बन्धित पोष्टहरू