Ads

सरकारलाई ओलीको सुझाव : ‘सच्याउनुस् बजेट, सरकारले बजेट फेर्यो, असफल भयो भन्दैनौँ


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई बजेट सच्याउन सुझाव दिएका छन् । बजेटबारे प्रतिनिधि सभाको बैठकमा बोल्दै बजेट सच्याएवापत सरकार असफल भयो नभन्ने बताए ।

उनले भने, ‘सच्याउनुस् बजेट । सरकारले बजेट फेर्यो, असफल भयो भन्दैनौँ हामी। देश र जनताका लागि सरकार बजेट सच्याउन तयार होस्। हामी साथ दिन्छौँ ।’

उनले यो बजेट समृद्धि नेपाल, सुखी नेपालीका लागि नभएर गठबन्धनको जीवन रक्षाको बुटिक मात्रै भएको टिप्पणी गरे । नेपाल र नेपालीको हितको योजना कार्यक्रम र लगानीको बजेट आवश्यक भएको बताए । उनले पूँजीगत खर्च घटाउनु अहिलेको नेपाली पुस्ताको आवाजलाई आत्मसात गर्न नसक्नु भएको उनको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू