Ads

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने


काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे सुरु हुनेछ। आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफल सोमबार सुरु भएको हो। मंगलबार आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिएपछि बजेटमाथि छलफल सुरु भएको थियो।

सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब २ घण्टा बोलेका थिए। आज अन्य सांसदहरुले बाेल्ने कार्यक्रम छ।

Ads

सम्बन्धित पोष्टहरू