Ads

लुम्बिनी प्रदेशसभा बैठक आज, नीति तथा कार्यक्रम आउने


दाङ । लुम्बिनी प्रदेशसभाको आज बस्ने बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने अन्तिम तयारी गरिएको उनले बताए । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो।

देशका कोशी बाहेक अन्य पाँच प्रदेशहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइसकेका छन् । कतै यसमा छलफल जारी छ भने कतै पारितसमेत भइसक्दा लुम्बिनीमा भने आज नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू