Ads

जेठ १५ मा सार्वजनिक भएको बजेट यथास्थितिमा पास गर्न दिँदैनौँ: एकीकृत समाजवादी


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी(नेकपा एस)ले जेठ १५ मा सार्वजनिक भएको बजेट यथास्थितिमा पास गर्न नदिने दाबी गरेको छ। समाजवादी प्रेस संगठनको महाधिवेशनमा सम्बोधनमा क्रममा नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बरु सरकार छाड्नुपरे आफूहरू छाड्न तयार रहेको तर यथास्थितिमा पास गर्न नदिने बताएका हुन्।

उनले भने, ‘यथास्थितिमा बजेट पास गर्न दिँदैनौँ। डडेल्धुरामा १०५ अर्ब गोरखा ५५ अर्ब ७५ अर्ब तीन जिल्लामा छन्। अध्यक्ष विदेश हुनुहुन्थ्यो, प्रतिक्रिया दिनु भएको छ। १६५ निर्वाचन क्षेत्रमा असमान व्यवाहार गरिएको छ। पार्टीभित्रै पनि असमान व्यवाहार सहँदैनौँ। सरकार छाड्न परे पनि यथास्थितमा बजेट पास गर्न दिँदैनौँ।’

यही जेठ १५ गते बजेट बिनियोजनका क्रममा सरकारले आफूहरूको जिम्मेवारीमाथि नै हस्तक्षेप गरी तीन जिल्ला: डडेलधुरा, गोरखा र नुवाकोटमा मात्र केन्द्रित भएको समाजवादीको आरोप छ।

यसअघि पनि पार्टीका अध्यक्ष माधव नेपालले बुधबार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बजेट तीन जिल्लामा मात्र केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका थिए।

Ads

सम्बन्धित पोष्टहरू