काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सांसदहरुलाई जनताको अपेक्षा पुरा गर्न कठिन भएको गुनासो गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद गिरीले सांसदहरुलाई जनताले बिभिन्न गुनासो गर्ने गरेको भन्दै जनताको गुनासो र अपेक्षा पुरा गर्न कठिन भएको बताएका हुन् ।
उनले सांसदहरुको हैसियतलाई वडाध्यक्षको स्तरमा पुर्याउने काठमाडौंका मेयर बालेन्द्र साहको अभिव्यक्ति व्यवहारिक रुपमा सहि रहेको जिकिर गरे । उनले बजेटमा आयोजनाको वितरणमा जनताको गुनासो देखिएको र पहुँचका भरमा आफ्नो क्षेत्रमा धेरै बजेट लाने प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।
गिरीले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत मात्रै सबै क्षेत्रमा समानुपातिक ढंगले बजेट गएको धारणा राखे । उनले सरकारले हरेक बर्ष अपरान्ह चार बजे मात्रै बजेट भाषण गर्ने प्रचलनलाई परिवर्तन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्