Ads

कामु प्रधानन्यायाधीश कार्कीलाई न्यायपरिषद्ले पठायाे अनिवार्य अवकाशको पत्र


काठमाडाैं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई न्यायपरिषद्ले अनिवार्य अवकाशको पत्र पठाएको छ।परिषद्ले कार्कीलाई अवकाशको मिति सम्झाउँदै पत्र पठाएको हो । प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियामा रहेका कार्कीले ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउन लागेका हुन् । उनी प्रधानन्यायाधीश नियुक्त भए पनि करिब एक महिना मात्रै सो पदमा रहनेछन् ।

प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश कार्कीविरुद्ध संवैधानिक परिषद्ले जेठ १६ गते १० दिनभित्र उजुरी आह्वान गरेको थियाे । जसमा २९ वटा उजुरी परेका थिए । ती उजुरीउपर छानबिनका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्न नपाउँदै उनलाई परिषद्ले अवकाशको मिति स्मरण गराउँदै पत्र पठाएको हो।

उमेरहदका कारण अवकाश मिति नजिकिएकाले उनी एक महिना पनि प्रधानन्यायाधीश बन्न नपाउने देखिएको छ। अवकाशको एक महिनाअघिबाट प्रधानन्यायाधीशले इजलासमा बस्न छाड्नुपर्ने कानुनी प्रावधान छ। कार्की साउन १९ देखि ६५ वर्ष पुग्दैछन् ।

Ads

सम्बन्धित पोष्टहरू