Ads

आजदेखि लुम्बिनी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल हुने


लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सोमबारदेखि तीन दिन प्रदेशसभामा छलफल हुने भएको छ। सभामुख तुलाराम घर्तीले छैठौंँ वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न तीन दिन समय तोकिएको जानकारी गराए ।

नीति तथा कार्यक्रममाथिको छलफल जेठ ३१ गतेसम्म चल्ने छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने गरी तयारी गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले जेठ २६ गते प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । आइतबारकाे बैठकमा नीति

तथा कार्यक्रमबारे  धन्यवाद प्रस्ताव सर्वसम्मतले पारित भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर, समृद्ध र समुन्नत बनाउन रणनीतिक प्राथमिकतामा केन्द्रीत हुने गरी कार्यक्रम सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पर्यटन, भौतिक पूर्वाधारर स्वास्थ्य जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रममा यसअघिका सरकारले अगाडि बढाएका कार्यक्रमलाई निरन्तरता दिइएको छ।

Ads

सम्बन्धित पोष्टहरू