Ads

सगरमाथा आरोहीहरुको जीवन बीमाको लागी प्रधानमन्त्रीसँग कुरा गर्छु : सभापति देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हिमाल आरोहीहरुको जीवन बीमाको व्यवस्था गर्न सरकारसंग पहल गर्ने बताएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले सोमबार काठमाडौंमा आयोजना गरेको आरोही सम्मान कार्यक्रममा देउवाले आरोहीहरुको जीवन बीमा आवश्यक रहेको भन्दै यस विषयमा प्रधानमन्त्रीसँग कुरा गरेर जीवन बीमाको पहल गर्ने बताएका हुन् ।

देउवाले सगरमाथाको चुचुरोमा कांग्रेसको झण्डा पुर्‍याएर पार्टीमात्रै नभएर देशकै लागि गौरवको विषय भएको जिकिर गरे ।कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथामा कांग्रेसको झण्डा फहराउने आरोहीहरुलाई सम्मान गरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू