Ads

उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

सभापति देउवा देश बाहिर (सिंगापुर) गएपछि कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यबाहक सभापति तोकेको कांग्रेसले जनाएको छ । सभापति स्वास्थ्य जाँचका लागि गए राति सिंगापुर गएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू