विराटनगर । काेशीका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक, २०७९ बुधबार प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम उक्तविधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विधेयक प्रमाणीकरणपश्चात् कानुनीरुपमा प्रदेश सरकारअन्तर्गतका सम्पूर्ण कार्यालयमा ‘कोशी प्रदेश’ लेख्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्