Ads

प्रस्तावित प्रधानन्यायाधीशसँग समिति सदस्यहरूले शुक्रबार सवाल जवाफ गर्ने


काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक सकिएको छ । बिहीबारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो कार्य योजना पेस गरेका छन् ।

कार्कीले समितिमा आफ्नो कार्य योजना पेस गरेपछि बैठक शुक्रबार बिहान बस्नेगरी सकिएको छ । शुक्रबार बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशसँग समिति सदस्यहरूले सवाल जवाफ गर्नेछन् ।

कार्कीमाथि परेका उजुरी र उनले पेस गरेका कार्य योजनाबारे सवाल जवाफपछि कार्कीको नाम अनुमोदन गर्ने तयारी छ ।

Ads

सम्बन्धित पोष्टहरू