काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्री प्रकाशशरण महतलाई यस्तो बजेट बनाउने बुद्धि र ज्ञान कसले दियो ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयकबारे छलफलको क्रममा बोल्दै उनले सत्तापक्षकै सांसदहरूको रुवाबासी देखेर आफ्नो क्षेत्रमा थोरै बजेट परेपनि धेरै गुनासो नभएको बताए ।
बजेटमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले समर्थन गर्ने, प्रतिपक्षकाले विरोध गर्ने प्रवृत्ति आइरहेको थियो, उनले भने, तर, अहिले त सत्तापक्षको सांसदहरूको पनि दुईवटा प्रवृत्ति देखियो । एकथरी साथीहरूको हाम्रोभन्दा बेसी रुवाबासी ।
यो बजेटमा सत्तापक्षबीच पनि विभाजन देखिएको अध्यक्ष लिङ्देनले बताए । मेरो यसपालि बजेट परेन भनेर धेरै गुनासो छैन, लिङ्देनले भने, मन्त्रीज्यूले आफू भएको बेलामा आफ्नो ठाउँमा नदेखिने गरी बेसी हाल्ने नै हो भनेर भनिसक्नुभएको छ ।
केन्द्रबाट बाटोको लागि छुट्याइएको रकम एक लाख दुई भएपनि हुने । यसले कस्तो संघीयता ल्याइरहेको छ बनाइरहेको छ ? उनले प्रश्न गरे । यही हो तपाईंहरूले ल्याएको संघीयता ? २० किलोमिटर बाटोका लागि ७० लाख ५ लाख २ लाखपनि छुट्याउनुभएको छ । यस्तो बुद्धि र ज्ञान मन्त्रीहरुलाई कसले दियो ?
प्रतिक्रिया दिनुहोस्