Ads

ओलीसँग भेटेपछि वामदेव एकता अभियान एमालेमा समाहित गर्न तयार


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासलस्थित पार्टी कार्यालय पुगेका वामदेव गौतमले एक घन्टा लामो भेट गरेका छन् ।

गौतम ओलीलाई भेट्न एमाले मुख्यालय च्यासल पुगेका थिए । ओलीसँगको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेकपा एकता राष्ट्रिय अभियान पार्टीलाई एमालेमा समाहित गर्न आफू तयार रहेको बताए ।

नेता गौतमले भने: ‘म पहिल्यै एमालेमा आएर सक्रिय हुन खोजेको हो, तर साथीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा कुरा मिलिसकेको छैन,’
ओलीसँग भेटेपछि गौतमले भने, ‘अहिले चुनौतीको बेला छ,म पार्टीमा सलाम गर्न, सलाम खाएर बस्न आउने होइन, खटेर काम गर्न आउने हो ।’

एमालेमा ७० वर्षे उमेरहद फुकाउने निर्णय वामदेवकै व्यवस्थानका लागि भनेर पार्टी नेताहरुले भनिसकेका छन् ।
एमाले कार्यालय स्रोतका अनुसार गौतम ओलीसँग भेटेपछि उत्साहित छन् ।

Ads

सम्बन्धित पोष्टहरू