Ads

समाजवादी मोर्चा औपचारिक रूपमा घोषणा, चार दलका अध्यक्षले गरे सहमति पत्रमा हस्ताक्षर


काठमाडौं । समाजवादी मोर्चा घोषणा भएको छ ।
राष्ट्रिय सभागृहमा चार दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर समाजवादी मोर्चाको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै मोर्चाको औपचारिक रूपमा घोषणा गरिएको हो ।

नेताहरूले हस्ताक्षर गरेपछि समाजवादी मोर्चाको सहमति पत्रका मस्यौदाकार जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले सहमति पत्र पढेर सुनाए ।

Ads

सम्बन्धित पोष्टहरू