Ads

सबै वामपन्थी, समाजवादी र क्रान्तिकारीलाई एकतावद्ध गर्नुपर्छ: खनाल


काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समस्त वामपन्थी, समाजवादी र क्रान्तिकारीलाई एकतावद्ध गर्नुपर्ने बताएका छन्।

उनले चार दलले समाजवादी मोर्चा घोषणा गरेको भन्दै अब मोर्चाले देशमा रहेका समस्त वामपन्थी, समाजवादी र क्रान्तिकारीलाई एकतावद्ध गर्नुपर्ने बताए ।

सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणा सभामा बोल्दै नेता खनालले विगतमा भएका क्रान्तिले लिएका उद्देश्यअनुरूप प्रतिफल प्राप्त गर्न नसक्दा कम्युनिस्ट पार्टीहरू छताछुल्ल बनेको बताए ।

मोर्चालाई अझै व्यापक बनाउनुपर्ने भन्दै खनालले सबै वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई ल्याउनुपर्ने बताए।

‘जबसम्म देशका क्रान्तिकारीहरु, आमूल परिर्तनकारीहरु, प्रगतिशीलहरु एकतावद्ध भएर उभिदैनौं, तबसम्म आमूल परिवर्तन हुँदैन। यो मोर्चा पहिलो पाइला मात्र हो । सिंगो देशका समस्त वामपन्थी, समाजवादी र क्रान्तिकारीलाई एकतावद्ध गर्नुपर्छ । यसलाई अझै व्यापक बनाउनुपर्नेछ र विस्तार गर्नुपर्नेछ’ उनले भने ।

Ads

सम्बन्धित पोष्टहरू