चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू शान्त विद्रोह गरेर राजनीतिमा आएको बताएका छन् ।पश्चिम चितवनको शारदानगरमा पार्टीको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सदन र सडकबाट जनताको आवाज उठाइरहेको बताए । उनले पार्टीमा अनुभवमा केही कमि रहेको भन्दै सिक्दै र सच्चिदै अघि बढ्ने पनि बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी शान्त भएको तर शान्त हुनु भनेको मरेको नभइ जनताको भावनालाई बुलन्द बनाउने पर्खाईमा रहेको उनको दाबी थियो । दोस्रो वर्षमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यतिबेला देशव्यापी संगठन विस्तारको काम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्