काठमाडौं । नागरिकताविहीन हुँदा राज्यको सेवा सुविधाबाट वञ्चित भएको भन्दै आजपनि माइतीघरमा प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतको आदेशविरुद्ध निरन्तर विरोध गर्दै आएका छन् ।
नागरिकता विधेयक प्रमाणीकरणलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
पछिल्लो समय पटकपटक पेशी स्थगित हुँदै आएको भन्दै युवाहरूले न्याय माग्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोग गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । सोक्रममा १५ जनाभन्दा बढी पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस्