काठमाडाैँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने दाबी गरेका छन् ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले एमालेले चाहेमा एकहप्ताभित्रमा सरकार ढाल्ने दाबी गरेका हुन्।
‘नेकपा (एमाले) ले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ताभित्रमा यो सरकारलाई ढाल्न सक्छौँ,’ बर्तौलाले भने, ‘यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो ।
भोलिपल्ट, अर्को एक दिनको लागि हो ।’ यद्यपी सरकार एमालेको प्रयत्नले ढल्ने नभइ गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्ने बताए।
सांसद बर्तौलाले एमालेले प्रतिपक्ष दलहरुको मोर्चा नबनाउने पनि स्पष्ट पारे। बर्तौलाले एमालेले आफ्नै सामार्थ र जनताको आदेशका आधारमा संसदमा भूमिका निर्वाह गर्ने बताए।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको दाबी गरे।
उनले समाजवादी मोर्चा गठबन्धनभित्रको एउटा गुट भएको टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस्