Ads

पूर्व स्वीकृतिबिना संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन गर्न नदिने : मेयर बालेन


काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम ल्याउको छ । महानगरका प्रमुख बालेन्द्र शाहले बुधबार प्रस्तुत गरेका छन् ।

मायर बालेनले पूर्व स्वीकृतिबिना संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत् आउने योजना कार्यान्वयन गर्न नदिने बताएका छन् । उनले संघ र प्रदेशबाट आउने यस्ता कार्यक्रममा महानगरको पूर्व सहमति र समन्वय अनिवार्य हुने उल्लेख गरे ।

विगतमा रोकिएको कार्यक्रम यरवर्षबाट सरकारले फेरी ल्याएपछि महानगरले त्यस्ता कार्यक्रममा आफ्नो भूमिका खोजेको हो । सांसदहरुले मनलाग्दी छनौट गरेको अवस्थामा मान्य नहुने मेयर शाहले पेस गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।’संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्व सहमति एवं समन्वय बिना छनौट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिन ेव्यवस्था गरेको उनले बताए ।

 

Ads

सम्बन्धित पोष्टहरू