काठमाडाैं । प्रतिनिधिसभाको बैठक असार ८ गते शुक्रबार बिहान ११ बजे बस्ने भएकाे छ। यसअघि बुधबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न चार मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियाे।
बैठकमा युवा तथा खेलकुद, शिक्षा विज्ञान तथा प्रविधि, कानून न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा सांसदले भाग लिए। बैठकमा जनार्दन शर्मा, विनिता कठायत धु्रवबहादुर प्रधान, प्रकाश अधिकारी, शेरबहादुर कुँवर, अर्जुनरसिंह केसी, शङ्कर भण्डारी, रामनाथ अधिकारी,
उर्मिला थेबे, नागिना यादव, मनबहादुर गुरुङ, पूर्णबहादुर तामाङ, सूर्यकुमारी श्रेष्ठ, रामकृष्ण यादव, प्रतीक्षा तिवारी, रामहरि खतिवडा, ईश्वरी घर्ती, मैना कार्की, अमृतलाल राजवंशी, जावेदा खातुन, सरिता भुसाल, दीपा शर्मा, प्रभु हजारा दुसाधलगायतले मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा आफ्ना धारणा व्यक्त गरेका थिए ।
भाेलिकाे बैठकमा पनि विनियोजन विधेयक, २०८० अन्तर्गत बाँकी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने बताइएकाे छ । सरकारले जेठ १५ गते बजेट सार्वजनिक गरेपछि विभिन्न मन्त्रालयसँग सम्बन्धित छलफल जारी छ ।
प्रतिक्रिया दिनुहोस्