काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरुले बनाएको मोर्चाबन्दीले आफूहरुलाई असर नपर्ने टिप्पणी गरेका छन्।
पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेको बताए ।
चुनावमा चाहिँ राजनीतिक दलहरुले गठबन्धन गरेको होइनन् र ? उनले प्रश्न गरे डा. स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रको कुरा गरिहेर्नुहोला तपाईं । हाम्रो लागि त्यो नयाँ होइन दलहरुको लागि चाहिँ घोषित अघोषित नयाँ रहेको उनले बताए ।
उनले भने, मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेका हौं । त्यसैले उहाँहरुको कदममा मैले कुनै प्रतिक्रिया दिनु हुँदैन । अरु राजनीतिक दलको कदम हो त्यो । हामीले नदेखेको दल हुनुहुन्न । हामीले देखेकै दल हुनुहुन्छ। उहाँहरुले मोर्चा गर्नुभएको छ । हामीले मोर्चा नै गर्ने भए जनताको मुद्दामा मोर्चाबन्दी गरौं न भनेका थियौं । संसदमा पनि भनेका थियौं।
जनतालाई गुणस्तरिय शिक्षा, स्वाथ्य गर्ने हामी पनि आउँछौं त्यस्ता मोर्चामा । पुरानो मिल्दा नयाँलाई त्यस्तो असर नगर्ला, उनले भने, हाम्रो पार्टीको ध्यान संगठनलाई मजबुद बनाएर जनतामा कसरी पुग्ने भन्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्