Ads

‘डिजिटल डिभाइड’ कम गर्ने सरकारको नीति छ : प्रधानमन्त्री दाहाल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले विकसित प्रविधिको उपयोगसहित डिजिटल नेपालको अवधारणालाई कार्यन्वयनमा ल्याउन जोड दिएको बताएका छन् । शुक्रबार काठमाडौंमा ह्वा–वे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ को उद्घाटन गर्दैै प्रधानमन्त्री प्रचण्डले मुलुकले खोजेको विकास र समृद्धिको लक्ष्य हासिल गर्न, सुशासन, सामाजिक न्याय स्थापना गर्दै समाज रुपान्तरणका लागि विकसित प्रविधिको उपयोगसहित डिजिटल नेपालको अवधारणालाई कार्यन्वयनमा ल्याउन जोड दिएको बताएका हुन् ।

उनले समाजलाई उन्नत चरणमा रुपान्तरण गर्न अहिलेको युगको मुख्य विशेषता बनेको सूचना तथा सञ्चार प्रविधिको नेपालमा विकास र यसलाई परिवर्तनका पक्षमा उपयोग उपयोग गर्नु जरुरी रहेको उल्लेख गरे । यससम्बन्धी थप आवश्यक नीति, नियम र कानुन जति सक्दो छिटो पारित गर्दै कार्यान्वयनका पक्षमा विशेष ध्यान केन्द्रित गर्न सम्बन्धित निकायलाई आफुले निर्देशन दिएको उनले बताए । निकायपिच्छे घण्टौं लाइन लागेर नागरिकको व्यक्तिगत

तथा जैविकीय विवरण प्रविष्ट गर्ने अवस्थाको अन्त्य गर्न पासपोर्ट, राष्ट्रिय परिचयपत्र लगायतका अन्य सेवा प्रवाहबीच अन्तरआवद्धता प्रणालीको विकास गर्ने  काम अघि बढेको उनले जानकारी दिए । त्यस्तै प्रधानमन्त्री प्रचण्डले सरकारी डाटा सेन्टर तथा सर्भरहरुमा देखा पर्ने साइबर सुरक्षा तथा अन्य जोखिम अन्त्यका लागि स्थायी समाधानका लागि सरकारले आवश्यक कदम चालिसकेको दावी गरे ।

त्यस्तै उनले सरकाले डिजिटल नेपालको लागि आवश्यक पूर्वाधार विकासमा जोड दिएको भन्दै राज्यको पहुँच नपुगेका दुर्गम क्षेत्रका सर्वसाधारणलाई समेत यसमार्फत जीवनस्तर उकास्न आवश्यक पहल गरिएको बताए ।स्वदेशमा समुचित रोजगारी तथा अवसरको वातावरण नहुँदा आइसिटी क्षेत्रका जनशक्ति पलायन भइरहेको गम्भीर तथ्यप्रति पनि सचेत रहेको र अवस्थाको गम्भीरता महसुस गरेर सरकारले बजेटमार्फत स्वदेशी प्रविधि प्रयोग गर्ने नीतिगत व्यवस्था र आविस्कार, स्टार्टअप र इन्नोभेसनका क्षेत्रमा कूल विकास बजेटको १ प्रतिशत विनियोजन गरेको जिकिर गरे ।

Ads

सम्बन्धित पोष्टहरू