Ads

माधव नेपाल लक्षित खनालको कटाक्ष : दुई जना मन्त्री बनाएर क्रान्ति अघि बढ्दैन


काठमाडौं, । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।

उले पार्टी बनाउन श्रमिक जनतासँग एकतावद्ध र गोलवद्ध गर्न जरुरी रहेको बताए।

उनले वैचारिक, सैद्धान्तिक दिशाहरुलाई पारदर्शी बनाउँदै, समाजको ठोस वर्ग विश्लेषण गर्दै जानुपर्ने बताए । खनालले अन्तरविरोध र प्रधान शत्रुको सही पहिचान गर्दै दलाल पुँजीवादविरुद्ध गोलबन्द गराउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले नेकपा एकीकृत समाजवादी) को महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको उल्लेख गरे। खनालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मा ठूलो असन्तुष्टि रहेको बताए।

खनालले समाजमा संकट नै संकटको श्रृंखला रहेको बताए । पूर्वप्रधानमन्त्री खनालले खिचडी सरकार बनाएर जानुपर्ने बाध्यताले क्रान्तिकारी कार्यक्रमहरु ल्याउन नसकेको दाबी गरे ।

 

Ads

सम्बन्धित पोष्टहरू