Ads

समर्थकहरुबाटै आफूहरुलाई अफ्ठेरो परेको रवि लामिछानेको गुनासो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समर्थकहरुबाटै आफूहरुलाई अफ्ठेरो परेको गुनासो गरेका छन् । आफ्ना कार्यकर्ता र समर्थकहरुबाट तल्लोस्तरमा गएर गालिगलोज गर्दा पार्टी र नेताहरुलाई अप्ठेरो पर्ने गरेको गुनासो गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत समर्थकहरुले अशहिष्णु भएर गालीगलोज गरेको स्वीकार गर्दै सभापति लामिछानेले त्यस्तो नगर्न आग्रह गरे । पार्टीको धादिङ काठमाडौं सम्पर्क भेलालाई काठमाडौंमा सम्बोधन गर्दै शनिबार लामिछानेले त्यस्तो नगर्न आग्रह गरेका हुन् सभापति लामिछानेले भने–’हामीमाथी सामाजिक संजालमा अशहिष्णु टिप्पणी गर्ने, असाध्यै गालिगलौज गर्ने गरेको आरोप छ । तपाईहरुले त्यस्तो गरिदिँदा दलका नेतालाई असर गर्छ ।

हामीलाई माया गर्ने, समर्थन गर्ने साथीहरुसँग बिन्ति नगरे मैले कसका अगाडि गर्ने ? हामीले घृणा फैलाउने होइन । आलोचनालाई तल्लो तहमा गएर टिप्पणी गर्न हुन्न ।’रास्वपा समर्थकले आफ्ना नेताहरुका बारेमा आएका टिप्पणीबाट असाध्यै चित्त दुःखाएर गाली गर्दा सामाजिक संजाल नै निश्क्रिय गर्नुपर्ने अवस्था आउनेमा चिन्ता व्यक्त गरे ।

Ads

सम्बन्धित पोष्टहरू