Ads

जसपा केन्द्रीय समितिको बैठक सुरु


काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आइतबारदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि आज दिउँसोबाट क्वालिटी ब्याङ्वेट बुद्धनगरमा केन्द्रीय समिति बैठक सुरु भएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा विधान अधिवेशन, समाजवादी मोर्चा, कार्यकारिणी समितिले गरेका निर्णय अनुमोदनलगायतका विविध विषयमा छलफल हुने भएको छ ।

यसैगरी आइतबारको विधान अधिवेशनमा केन्द्रीय समितिका चार सय २३ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनीत हुने १० जनासहित सात सय ७८ प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ । यसरी सहभागी भएका प्रतिनिधिलाई ११ समूहमा विभाजन गरेर विधानमाथि छलफल हुने जनाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू