काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवालले बाजी मारेका छन् । शनिबार काठमाडौंमा भएको २०औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा चुनिएका हुन् ।
डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै यसअघिको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा चयन भएका उनी संघको विधान बमोजित स्वत अध्यक्षमा चुनिएका छन् ।
सन् १९९२ देखि उद्योग क्षेत्रमा सक्रिय रहेका अग्रवाल आरएमसी ग्रुपका कार्यकारी निर्देशकसमेत रहेका छन् भने सिमेन्ट, स्टिल, खाद्यलगायतका उद्योगमा आवद्ध रहेका छन् ।
अग्रवालले परिसंघले विगतदेखि हासिल गर्दै आएका उपलब्धिहरूलाई संस्थागत गर्दै थप नयाँ उचाईमा पुर्याउन सक्रिय रूपमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्