काठमाडौं, । राष्ट्रपति रामचन्द्र पौडेल गत असार २ गतेदेखि अस्पतालमै छन् । उनी त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्।
असार ५ मा पौडेलको मुटुको शल्यक्रिया गरिएको थियो । सेन्टरका चिकित्सकहरुले पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएदिएका थिए।
राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, पेसमेकर राखियो
त्यसअघि उनी असार २ मै अस्पताल भर्ना भएका थिए । राष्ट्रपति पौडेल शीतल निवासमै बेहोस भएपछि त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो।
सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले आइतबार विज्ञप्ति निकालेर असार २ गतेदेखि उपचाररत् पौडेलको स्वास्थ्यअवस्था सामान्य रहेको बताएका छन्।
उनले पौडेलको स्वास्थ्य सामान्य रहे पनि हाल उनी चिकित्सकहरुको निगरानीमा रहेको पनि जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्