Ads

मेयर बालेन्द्रविरुद्ध दायर मुद्धाको सुनुवाइ ढुंगानाको इजलासमा


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध दायर मुद्धाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको छ । मेयर साहले फैसला मान्दिन भनेर अदालतको अवहेलना गरेको दाबीसहित दायर भएको रिटको सुनुवाइ आजका लागि तोकिएको हो ।

काठमाडौं महानगरपालिकाभित्र भारतीय चलचित्र चल्न नदिने निर्णयविरुद्ध उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि मेयर बालेन्द्रले उक्त आदेश नमान्ने चेतावनी दिँदै सामाजिक सञ्जालमा लेखेका थिए । नेपाल सरकार र अदालतसमेत भारतको गुलाम बनेको आरोप मेयर बालेन्द्रको रहेको थियो ।

उनको उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले गएको शुक्रबार अदालतमा मुद्धा दायर गरेकी थिइन् । त्यसमाथि आजै प्रारम्भिक सुनुवाइ हुनेछ । सुनुवाइपछि निवेदन खारेज वा मेयर बालेनविरुद्ध कारण देखाऊ आदेश जारी हुनसक्छ । अदालतको अवहेलना गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अरू उपयुक्त आदेश हुनसक्छ ।

Ads

सम्बन्धित पोष्टहरू